Saturday November 27, 2021  |    | 

कोरोना संक्रमितले भाइरससँग लड्न यस्ता खानेकुराहरू खानुहाेस्

2021 Aug 16
IMG

साउन ३२, सोमबार । काेरोना भाइरसविरुद्ध हालसम्म कुनै खास औषधि र खोप उपलब्ध छैन । अब यो कसरी नियन्त्रणमा आउनेछ भन्ने कुरा रहस्यमय छ । जसको प्रतिरक्षा प्रणाली बलियो छ उसलाई यो रोगले उति धेरै ग्रसित बनाउन सक्दैन ।यसको ठीक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूलाई यो रोगले बढी नै सताउने एवं ज्यानै पनि जान जोखिम रहन्छ । तसर्थ कोरोना भाइरससँग जुध्नका लागि एउटै सर्त हो, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु । 

यी खानेकुराहरू खानुहाेस् कोरोना संक्रमित भएकाहरुले

अंकुरित गेडागुडी-  स्वास्थ्यलाई लाभ पुर्याउने अनेकौ तत्वहरू भएकै कारणले यसलाई अमृत समान मानेर अमृत भोजन भनिएको हो । अंकुरित गेडागुडीमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्ट पाईन्छ । एण्टिअक्सिडेण्टले भाईरस संक्रमण पछि क्षतिग्रस्त भएको कोषहरूको पुनर्निर्माण गर्ने गर्दछ । यसैगरी अंकुरित गेडागुडीमा नउम्रिएको गेडागुडी भन्दा धेरै मात्रामा प्रोटिन, फोलिक अम्ल, एमाईनो अम्ल, भिटामिन सि, भिटामिन के, म्याग्नेसियम, फस्फोरस, म्याग्निज जस्ता खनिज तत्वहरू पाईन्छन् । यी तत्वहरूको प्रयोगले को९रोना भाईरसको संक्रमण कम गर्न सहयोग गर्दछ ।

लसून- रुघा लाग्दा, चिसोले सताउँदा, पाचन क्षमतामा गडबडी हुदाँ लसूनको प्रयोग गर्ने गरेको पाइन्छ । यसरी औषधिय गुण हुनुमा लसुनमा क्याल्सियम, पोटासियम, एण्टि–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाईन्छन । यी सल्फर कम्पाउण्डहरूले सूक्ष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ तर यी कम्पाउण्डहरू तापको प्रयोगले नष्ट हुनेखालका भएकाले काँचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो ।  

रातो भेडे खोर्सानी- भिटामिन सी का अतिरिक्त रातो भेडेखोर्सानी बीटा क्यारोटीन, क्यालसियम, म्याग्नेसियम, भिटामीन बी कम्प्लेक्सेसको पनि राम्रो श्रोत हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत गर्न सहयोग गर्दछ ।

मेवा- मेवा भिटामिन सी र भिटामिन ए ले भरपुर फलफूल हो । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिने भन्दा डेढ गुणा ज्यादा भिटामिन सी पाईन्छ । भिटामिनका अलावा मेवामा माछामासुमा पाईने कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईन्जाइम पनि पाईन्छ । मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाईन्छ । यी सबै भिटामिन, खनिज, लवण एवं एण्टीअक्सीडेण्टले प्रतिरक्षा प्रणालीलाई सबल एवं मजबुत बनाउन एवं भाईरस संक्रमणलाई निस्तेज गर्न सहयोग गर्दछ ।

अदुवा- अदुवामा जिन्जीरोल नामक यौगिक पाईन्छ । जिन्जीरोलले दीर्घकालिन पीडा कमगर्नुका साथै प्रदाह एवं शोथलाई पनि कम गर्न मद्दत गर्दछ ।

पालुङ्गो- पालुङ्गो हरेक भान्सको चाहना हो । प्रचूर मात्रामा भिटामिन ए, बी कम्प्लेक्सेस, सी, आईरन, म्याग्निसियम, पोटासियम जस्ताखनिज एवं लवण हरूले भरपूर पालुङ्गो एण्टिअक्सिडेण्टको राम्रो श्रोत पनि हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ । ब्रोकाउली जस्तै पालुङ्गोमा भएका द्रव्यहरू पनि तापले न९ष्ट हुने खालका भएकाले यसलाई पकाउँदा कम तापमा पकाउनु पर्ने हुन्छ ।

ब्रोकाउली- ब्रोकाउली भिटामिन ए, बी, सी, ई एण्टिअक्सिडेण्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपूर तरकारी हो । ब्रोकाउलीमा प्रचूर मात्रामा ९१०० ग्राममा ८९ मि।ग्रा।० भिटामिन सी पाइने हुदाँ यसले प्रतिरक्षा प्रणालीको विकासमा खास सहयोग गर्छ ।

स्याउ- स्याउमा अनेकौ प्रकारका सूक्ष्म पोषक तत्वहरू छन् । भिटामिन ए, बी, सी का अलावा स्यााउमा घुलनशिल रेशा एवं एण्टिअक्सिडेण्टहरू पनि पाईन्छ । स्याउमा पाइने पेक्टिन नामक घुलनशिल रेशाले पेटमा विद्यमान राम्रा ब्याक्टेरियाहरुलाई पोषण प्रदान गर्दछ जसले पेटमा हुने संक्रमणसंग लड्ने एवं प्रतिरक्षा प्रणालीको कोषहरूको कार्य कुशलतामा सहयोग गर्छ ।

अमिला फलफूल- कागती, अमला, मौषमी, जुनार, भोगटे, निबुवा, बिमीरो र सुन्तला जस्ता अमिला फलफूलमा प्रचूर मात्रामा भिटामिन सी पाईन्छ । भिटामिन सी प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादनका लागि आवश्यक यौगिक हो ।

कमेन्ट गर्नुहोस्