६.५ इन्चको फुल एचडी प्लस पन्चहोल डिस्प्ले हुने भनिएको ‘रेड्मी–१०’मा ९० हर्जको रिफ्रेस रेट हुनेछ।
यो फोनमा चारवटा क्यामरा छ, जसमा मुख्य क्यामरा ५० मेगापिक्सलको, ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर, २ मेगापिक्सलको म्याक्रो सुटर र २ मेगापिक्सलको डेप्थ सेन्सर हुने ग्याजेट ३६०ले जनाएको छ। यसको अगाडीपट्टि भने ८ मेगापिक्सलको सेल्फी क्यामरा छ।
ओक्टाकोर मिडियाटेक हेलियो जी८८ एसओसी प्रोसेसरबाट बनेको ‘रेड्मी–१०’ तीन फरक र्याम र आन्तरिक स्टोरेज विकल्पका साथ आउने छ, जसमा ४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज, ४ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज र ६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज छ।
यस नयाँ स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री पावर हुनेछ। सँगै १८ वाटको फास्ट चार्जिङ र ९ वाटको रिभर्स चार्जिङ पनि हुनेछ। यो फोन कार्बोन ग्रे, पिबल ह्वाइट र सि ब्लु गरेर तीन रङमा उपलब्ध हुनेछ।
‘रेड्मी–१०’ कहिले सार्वजनिक हुनेबारे कुनै जानकारी दिइएको छैन, तर कम्पनीले यो नयाँ स्मार्टफोन बजारमा छिट्टै ल्याउने बताएको छ।
कमेन्ट गर्नुहोस्