Saturday November 27, 2021  |    | 

ग्याष्ट्रिक भएको छ ? यी कुराहरुमा ध्यान दिनुहोस्

2021 Aug 13
IMG

साउन २९, शुक्रबार। हामी जो कोहीलाई पनि ग्याष्ट्रिक हुन सक्छ । पछिल्लो समय ग्याष्ट्रिक आम समस्या नै बनिसकेको छ । यदि तपाईलाई पनि ग्याष्ट्रिक सताएर हैरान हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस् । 

कागती पानी- पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। 

कार्बोहाइड्रेट कम खाने - पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्ने।

दूध नपिउने - ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ।  

प्रशस्त पानी पिउने - लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ।  

लसुन पानी - बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ।  

खाना समयमा खाने - ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।

कमेन्ट गर्नुहोस्