Saturday November 27, 2021  |    | 

फाइभजी स्मार्टफोन किन्दै हुनुहुन्छ? यी कुरामा ध्यान नदिँदा नोक्सान हुन सक्छ

2021 Aug 13
IMG

साउन २९ ,शुक्रबार ।  फाइभजी हालको नयाँ प्रविधि हो र फाइभजी सपोर्ट गर्ने स्मार्टफोन हिजोआज निकै चर्चामा रहेको छ।

धेरै देशहरुमा यो प्रविधि परीक्षणको क्रममा रहेकाले यस्तो स्मार्टफोन किन्दा विशेष सावधानी अपनाउनु जरुरी हुन्छ। नेपालमा भने नेपाल टेलिकमले सबैभन्दा पहिले फाइभजी नेटवर्कको परीक्षण गर्ने योजना बनाएको छ र हाल यो प्रकृयागत कार्य तथा अनुमति लिने चरणमा छ ।

नयाँ प्रविधि भएकाले फाइभजी सपोर्ट गर्ने स्मार्टफोनको मूल्य पनि महंगो पर्छ। यस्तोमा यदि यस्ता महत्वपूर्ण टिप्सहरुमा ध्यान नदिने हो भने पछुताउनु पर्ने पनि हुन सक्छ।

मूल्य

फाइभजी स्मार्टफोनको मूल्य सामान्यतया: फोरजी स्मार्टफोनको तुलनामा महंगो हुन्छ।

फाइभजी नेटवर्कको शुल्क पनि तुलनात्मक रुपमा महंगो हुने भएकाले यो प्रयोग गर्नका लागि पनि धेरै रकम रिचार्ज गर्नुपर्ने हुन्छ।

फाइभजी प्रविधि आएपछि फोरजी प्रविधि पूर्ण रुपमा बन्द हुने होइन। फाइभजी पूर्ण रुपमा विस्तार हुँदा पनि हामी पहिले झैं फोरजी सेवा र स्मार्टफोन प्रयोग गर्न सक्छौं। त्यसैले आफ्नो आवश्यकताका हिसाबले मात्र फाइभजी स्माटफोन किन्ने निर्णय गर्नुहोस्।

ब्याट्री लाइफ

फाइभजी स्मार्टफोन किन्दा सकेसम्म ठूलो क्षमताको ब्याट्रीयुक्त फोन छान्नुहोस्। किनकी फाइभजी प्रविधिमा डाटा रिसिभिङका बेला धेरै ब्याट्री खर्च हुन्छ।

फाइभजी स्मार्टफोनमा सिग्नल रिसिभ गर्नका लागि ३ ओटा थप एन्टेना दिइएको हुन्छ। यसबाहेक यसमा ब्याट्री तात्ने र ब्याट्री छिटो सकिने समस्या आउन सक्छ।

फाइभजी प्रोसेसर

प्रोसेसर कुनै पनि फोनका लागि निकै महत्वपूर्ण अंग हो।

फाइभजी फोन किन्दा फाइभजी सपोर्ट गर्ने सेट किन्नु त जरुरी छ तर कम्पनीले उक्त सेटमा कत्तिको शक्तिशाली प्रोसेसर दिएको छ त्यो पनि ध्यान दिनु जरुरी छ। फाइभजी शक्तिशाली प्रविधि भएकाले केही रकम बढी परे पनि किन्ने बेला राम्रो काम गर्ने फाइभजी प्रोसेसर भएको स्मार्टफोन किन्नु बुद्धिमानी हुन्छ।

सिंगल ब्यान्डयुक्त फाइभजी फोन नकिन्दा राम्रो

फाइभजी हाल विश्वका थुप्रै देशमा शुरुआती चरणमा रहेकाले केही कम्पनीहरुले सिंगल ब्यान्डयुक्त फाइभजी स्मार्टफोन बजारमा उपलब्ध गराइरहेका छन्। तर यस्ता फाइभजी स्मार्टफोन नकिन्नु ठिक हुन्छ।

सिंगल फाइभजी फोन एकभन्दा बढी ब्यान्डयुक्त फोन भन्दा कम शक्तिको हुने भएकाले एकभन्दा बढी ब्यान्डयुक्त फोन किन्दा फाइभजीले दिने सेवाको अनुभव प्रभावकारी रुपमा लिन सहज हुन्छ।

सिंगल ब्यान्डयुक्त फाइभजी फोन नकिन्दा राम्रो

फाइभजी  हाल विश्वका थुप्रै देशमा शुरुआती चरणमा रहेकाले केही कम्पनीहरुले सिंगल ब्यान्डयुक्त फाइभजी  स्मार्टफोन बजारमा उपलब्ध गराइरहेका छन्। तर यस्ता फाइभजी स्मार्टफोन नकिन्नु ठिक हुन्छ।

सिंगल फाइभजी फोन एकभन्दा बढी ब्यान्डयुक्त फोन भन्दा कम शक्तिको हुने भएकाले एकभन्दा बढी ब्यान्डयुक्त फोन किन्दा फाइभजीले दिने सेवाको अनुभव प्रभावकारी रुपमा लिन सहज हुन्छ।

एसयूबी-६ गिगाहर्ज फ्रिक्वेन्सीयुक्त

फाइभजी फोन एमएमवेभ र एसयूबी-६ गिगाहर्ज (Sub-6 Ghz) युक्त स्मार्टफोनहरु पाइन्छ। सामान्यतया प्राविधिक पक्ष भएकोले यसका बारेमा हामी सोधिखोजी गर्दैनाैं।

तर प्रदर्शनका हिसाबले हेर्दा यी दुईको क्षमता फरक फरक हुने हुनाले सकेसम्म एमएमवेभको सट्टा एसयूबी-६ गिगाहर्जयुक्त स्मार्टफोन किन्नु बुद्धिमानी हुन्छ। यसको नेटवर्क कभरेज धेरै र प्रभावकारी हुन्छ।

कमेन्ट गर्नुहोस्