Saturday November 27, 2021  |    | 

अत्यधिक वर्षाका कारण चीनमा थप २१ को मृत्यु, चार बेपत्ता

2021 Aug 13
IMG

चीन । चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।  

वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना हराइरहेका अधिकारीहरुले जनाएका छन् । 

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरुले जानकारी दिएका छन् । वर्षाका कारण आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्