Saturday November 27, 2021  |    | 

वैदेशिक रोजगारीमा जाने १२४३ जना नेपालीको मृत्यु

2021 Aug 13
IMG

काठमाडौँ । बैदेशिक रोजगारी गएका नेपाली मध्ये १२४३ जनाको मृत्यु भएको छ । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यस वर्ष मात्र १२४३ जनाको परिवारलाई राहत रकम वितरण गरेको जनाएको छ । मृत्यु हुनेमा सबै भन्दा धेरै खाडी मुलुकमा जानेहरुको मृत्यू हुनेको संख्या बढी छ । खाडीमा मात्र १४० जनाद्वारा आत्महत्या गरेका छन् । 

बैदेशिक रोजगारमा गएका नेपालीहरु मध्ये विविध कारणले उतै मरेकाहरु मध्ये १ वर्षको अवधिमा १२ सय ४३ जना नेपालीहरुको परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराएको जनाएको हो । यसरि मृत्यू हुने नेपालीहरुमा १२ सय १३ जना पुरुष तथा २९ जना महिला थिए। सरकारले ति मृतकहरुका परिवारलाई कूल ७३ करोड ७७ लाख १५ हजार रुपैंया बराबरको आर्थिक सहायता उपलब्ध गराएको थियो। यसरि मृत्यू भएका नेपालीहरुमा सबैभन्दा धेरै नेपालीहरुको मृत्यू साउदी अरेबियामा भएको पाईएको छ। साउदी अरेबियामा ३ सय ६२ जनाको मृत्यू भएको थियो जसमा २ जना महिला थिए । बैदेशिक रोजगार बोर्डको सचिवालयले आर्थिक वर्ष २०७७र ७८ मा सम्पादित प्रमुख कल्याणकारी कार्यहरुका अनुसार नेपाली श्रमिकहरु ठूलो संख्यामा मरेका दोश्रो मुलुकमा मलेशिया रहेको पाईएको छ। मलेशियामा २ सय ७९ पुरुष र १ जना महिलाको मृत्यू भएको थियो। कतारमा २ सय ३९ जनाको मृत्यू भएको थियो जसमा २ जना महिला छन। त्यसैगरी धेरै नेपाली महिलाको मृत्यू भएको मुलुकमा युनाईटेड अरब ईमिरेटस देखिएको छ। त्यहाँ १२ जना महिला र १ सय ९६ जना पुरुषको मृत्यू भएको थियो। 

यस्तै अफगानिस्तान र अल्जेरियामा दुई जना, बहराईनमा ३१ जना, ब्रुनाईमा १, चीनमा २ ,साईप्रस २, ईजरायल १, जापान ९, जोर्डन ३, कुवेत ५५, लेबनान १, मकाउ ३ ,माल्दिभ्स १, नेपाल ५ ,ओमान ७, पोल्याण्ड १ ,पोर्चुगल १, दक्षिण कोरिया १३, रुमेनिया ३, सेसेल्स २, सिंगापुर १, टर्की ३, युगाण्डा १ गरी १२ सय ४२ जना नेपालीको बैदेशिक रोजगारको सिलसिलामा मृत्यू भएको थियो। 

यसरि मरेका नेपालीहरुमा ४ सय ११ जना पुरुष तथा १६ जना महिला बिभिन्न रोगका कारण मरेको पाईएको छ। यसैगरी १ सय ११ जना पुरुष तथा ३ जना महिला ह्दयघातका कारण मरेका थिए। अन्य कारणले २ सय ४८ जना मरेका थिए भने सडक दुर्घटनामा परेर १ सय १६ जना पुरुष तथा ३ जना महिलाको ज्यान गएको थियो। काम गरेको ठाँउमा दुर्घटना परेर २६ जनाको मृत्यू भएको थियो भने अनुसन्धान स्थगित गरिएका विभिन्न ५ वटा मृत्यूका घटना रहेका छन। आत्महत्याको घटना पनि कहालि लाग्दो रहेको छ। १ सय ४० जनाको मृत्यू आत्महत्याको कारण भएको थियो जसमा १ सय ३६ जना पुरुष तथा ४ जना महिला थिए। यस्तै १ जना पुरुष र १ जना महिलाको हत्या भएको पाईएको छ। १ सय ७१ जनाको स्वभाविक मृत्यू समेत गरेर १२ सय ४२ जना नेपालीहरुको विभिन्न मुलुकमा मृत्यू भएको पाईएको हो। 

यसरि मरेकाहरुमा सबैभन्दा बढी धनुषा र मोरङ  जिल्लाका सन्ताउन्न सन्ताउन्न जनाको मृत्यू भएको थियो। सरकारले १ सय ३८ पुरुष तथा ५ जना महिला गरी १ सय ४३ जनालाई अंगभंग भएको तथा गम्भीर बिरामी भएको कारण ७३ करोड ३० लाख २ हजार २ सय आर्थिक सहायता दिएको जनाएको छ। यसैगरी २ सय २६ जना पुरुष तथा १ सय ८७ जना महिला गरी ४ सय १३ जनालाई अलपत्र परेकाले उध्दारका लागि २६ करोड ६७ लाख दई हजार ८ सय रुपैंया खर्च गरेको जानकारी बैदेशिक रोजगार बोर्डले दिएको छ। 

यस्तै १ सय २२ जनाको शब नेपाल झिकाउन समन्वय र सहयोग गरेको तथा ७ सय ४८ जना पुरुष तथा २२ जना महिला गरी ७ सय ७० जनाको शब मृतकको घर सम्म पुर्याईएको बोर्डले जनाएको छ।

कमेन्ट गर्नुहोस्