Sunday January 23, 2022  |    | 

रेडमी १० को विवरण लीक, यस्तो हुनेछ विशेषता

2021 Aug 09
IMG

साउन २५ ,सोमबार । हालै सिंगापुरको खुद्रा व्यापारीहरुमार्फत् शाओमीको आउँदै गरेको रेडमी १० स्मार्टफोनका विवरण लीक भएको छ।


कम्पनीको वेबसाइटमा तत्कालका लागि समस्या आए पनि अन्य वेबसाइटहरुमा भने विवरणहरु तथा आधिकारिक फोटोहरु आएका छन्।


लीक भएको विवरण अनुसार फोनमा पछाडि ५० मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप रहनेछ। साथै यसको डिजाइन यसअघिको एमआई १० अल्ट्रामा रहेको जस्तै क्यामराको वरिपरी चाँदी रंगको हाइलाइट दिइएको हुने बुझिएको छ।


रेडमी १० मा मिडियाटेकको हिलियो जी८८ चिपसेट तथा ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहनेछ।


यो डिभाइसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्चको फुल एचडी+ एलसीडी डिस्प्ले तथा ८ मेगापिक्सेलको पन्चहोल सेल्फी शूटर रहनेछ। यसका फिंगरप्रिन्ट स्क्यानर भने पावर बटनमा दिइएको छ।


यसमा एन्ड्रोइड ११ र एमआईयूआई १२ रहनेछ भने पावरका लाषि १८ वाट फास्ट चार्जिङसहितको ५००० एमएएच ब्याट्री दिइएको छ।


खैरो सेतो र नीलो रंगमा उपलब्ध हुने यो डिभाइसको मूल्य १८५ डलरको हाराहारी हुने र ठाउँ अनुसार फरक पर्न सक्ने बुझिएको छ। 

कमेन्ट गर्नुहोस्