Saturday November 27, 2021  |    | 

ओलम्पिकमा कुन कुन मुलुकले स्वर्ण पदक पाए ?

2021 Aug 08
IMG

टोकियो  जापानको राजधानी टोकियोमा जारी गृष्मकालीन ओलम्पिकमा अमेरिका पदक तालिकामा अग्र पङ्तिमा पुगेको छ। अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ काँस्यगरी कूल  १ सय १३ वटा पदक जितेको छ। दोश्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काँस्य गरी कूल ८८ वटा पदक जितेको छ। तेश्रो स्थानमा आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ सहित ५८ पदक  स्थान सुरक्षित बनाएको छ।

ओलम्पिकमा स्वर्ण पदक पाउने अन्य मुलुकहरु बेलायत २२, रुसी ओलम्पिक कमिटी २० र  अष्ट्रेलिया १७ छन। यस्तै १० वटा स्वर्ण पदक पाएका मुलुकहरुमा नेदरल्याण्डस फ्रान्स, जर्मनी र ईटली रहेका छन। सातवटा स्वर्ण पदक पाउनेहरुमा क्यानडा, ब्राजिल, न्युजिल्याण्ड र  क्युबा छन। ६ वटा स्वर्ण पदक पाएकाहरुमा हङ्गेरी र  गणतन्त्र कोरिया छन। ४ वटा स्वर्ण पदक पोल्याण्ड चेक गणतन्त्र, केनिया, नर्वे र   जमैकाले पाएका छन। ३ वटा स्वर्ण पदक स्पेन, स्विडेन, स्विजरल्याण्ड, डेनमार्क, क्रोयशिया, ईरान, बेल्जियम, बुल्गेरिया, स्लोभेनिया र उज्वेकिस्तान छन। २ वटा स्वर्ण पदक जर्जिया, चाईनिज ताईपेई, टर्की, सर्बिया, युगाण्डा, ईक्वेडोर, आयरल्याण्ड, ईजरायल, ग्रिस, कतार, बहामाज र कोसोभो छन। एउटा स्वर्ण पदक पाएकाहरुमा युक्रेन, बेलारुस, रुमेनिया, भेनेजुयला, भारत, हङकङ चाईना, फिलिपिन्स, स्लोभाकिया, दक्षिण अफ्रिका,  अष्टिया, ईजिप्ट, ईण्डोनेशिया, ईथियोपिया. पोर्चुगल,ट्युनिशिया, ईष्टोनिया, फिजी, लात्भिया, थाईल्याण्ड,बर्मुडा, मोरक्को र प्युर्टोरिको छन। 

कमेन्ट गर्नुहोस्