Saturday November 27, 2021  |    | 

ओलम्पिकमा पदक जित्ने भारतीय महिला हकी टोलीको सपना चकनाचुर

2021 Aug 06
IMG

एजेन्सी । भारतको महिला हकी टोलीको टोकियो ओलम्पिकमा पदक जित्ने सपना चकनाचुर भएको छ । काँस्य पदका लागि भएको खेलमा भारत बेलायतसँग ३–४ गोलले हरायो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो क्वार्टरमा भारतले ३–२ को अग्रता बनाएको थियो । तर, भारतले आफ्नो अग्रता कायम गर्न सकेन । बेलायतले तेस्रो र चौथो क्वार्टरमा १५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।भारतीय टोलीले प्रतियोगितामा राम्रो प्रदर्शन गरेको थियो । पहिलोपटक सेमिफाइनलमा पुग्दै इतिहास रच्यो । टोलीले यसअघि मात्र २ पटक ओलम्पिक खेलेको थियो । सन् १९८० मा टोली शीर्ष ४ मा पुगेको थियो । सन् २०१२ को रियो ओलम्पिकमा टोली १२ औँ स्थानमा रहेको थियो ।

उता, पुरुष टोलीले भने ४१ वर्षको खडेरी अन्त्य गर्दै पदक जितेको छ । भारतले जर्मनीलाई हराउँदै काँस्य पदक हात पारेको छ ।

कमेन्ट गर्नुहोस्