Sunday January 23, 2022  |    | 

टोकियो ओलम्पिक : पुरुष हकीमा भारतले जित्यो ऐतिहासिक पदक

2021 Aug 05
IMG

काठमाडौँ । टोकियो ओलम्पिक २०२० मा भारतले पुरुष हकीमा कांस्य पदक जितेको छ । जर्मनीलाई ५-४ ले हराउँदै भारतले कांस्य पदक जित्न सफल भएको हो ।

भारतले सन् १९८० मा मस्को ओलम्पिकमा हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारत हकीमा पदकविहीन हुँदै आएको थियो ।४१ वर्षपछि पदक जित्नु ऐतिहासिक भन्दै भारतीयहरुले खुसी मनाइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हकी टिमलाई बधाइ दिंदै हकी टिमप्रति गर्व लागेको बताएका छन् ।

यसलाई ‘ऐतिहासिक’ क्षण भन्दै मोदीले भनेका छन्, ‘एक यस्तो दिन जुन हरेक भारतीयको यादमा अंकित हुने छ । कास्य पदक घर ल्याउने हाम्रो पुरुष हकी टिमलाई बधाई । यो उपलब्धिले पूरै देश, खासगरी हाम्रा युवाहरुमा उत्साह भरेको छ । भारतलाई आफ्नो हकी टिमप्रति गर्व छ ।’

कमेन्ट गर्नुहोस्