Saturday November 27, 2021  |    | 

जापानबाट ८ लाख खोप आइपुग्दै

2021 Aug 05
IMG

काठमाडौँ।जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये ८ लाख डोज खोप पर्सि शनिबार र आइतवार काठमाडौं ल्याइने भएको छ।

आज र भोलि जापानबाट ती खोप ढुवानी हुने काठमाडौंमा रहेको जापानी दूतावासले जनाएको छ। दुई दिनमा ८ लाख डोज खोप आउने खोप शाखा प्रमुख झलक शर्मा गौतमले उज्यालोलाई जानकारी दिए।

भारतमा निर्मित कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिने सरकारको तयारी छ। 

कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका झण्डै १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको पर्खाइमा रहेका छन्। 

कमेन्ट गर्नुहोस्