Friday July 1, 2022  |    | 

अमेरिकी वैज्ञानिक भन्छन्-चीनले आणविक क्षमता बढाउँदैछ

2021 Jul 29
IMG

काठमाडौँ । अमेरिकी वैज्ञानिकहरुले चीनले न्युक्लियर मिसाइल राख्ने र प्रक्षेपण गर्ने क्षमता विस्तार गरिरहेको बताएका छन् । स्याटेलाइट तस्वीरमा देखिएअनुसार चीनले सिन्चियाङ प्रान्तमा अर्को सिलो फिल्ड बनाइरहेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट (एफएएस)ले बताएको छ । सिलो फिल्ड न्युक्लियर मिसाइल राख्न र प्रक्षेपणका लागि बनाइने अन्डरग्राउण्ड केन्द्र हो ।

अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले चीनको न्युक्लियर क्षमता विस्तार गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।गत महिना वासिङटन पोस्टले गान्सु प्रान्तको युमेनस्थित मरुभूमि क्षेत्रमा १२० सिलो फिल्डहरु देखिएको समाचार प्रकाशित गरेको थियो । सोमबार सार्वजनिक गरिएको रिपोर्टमा अहिले देखिएको सिलो फिल्ड विकासको सुरुआती चरणमा रहेको उल्लेख छ । सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालयले चीनले आफ्नो आणविक हतियार दोब्बर बनाउने तयारी गरिरहेको बताएको थियो ।

अमेरिका र रुसबीच हतियार नियन्त्रणको लागि वार्ता हुन गइरहेको समयमा चीनको न्युक्लियर हतियारबारे यस्तो रिपोर्ट सार्वजनिक भएको हो । अहिलेसम्म चीनले कुनै पनि हतियार नियन्त्रणसम्बन्धी वार्तामा सहभागिता जनाएको छैन ।

कमेन्ट गर्नुहोस्