Saturday November 27, 2021  |    | 

शान्ति सेना पठाउने नेपाल दोस्रो मुलुक

2021 Jul 19
IMG
साउन ४, सोमबार । राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सेना पठाउने मुलुकहरुमध्ये नेपाल दोस्रो मुलुक बनेको छ । हालसम्म नेपालले पाँच हजार पाँच सय ७१ जना सेना पठाएको नेपालस्थित राष्ट्रसंघीय नियोगले जनाएको छ । त्यस्तै त्यसमध्येबाट नेपालले दुई सय ९४ जना महिला सैनिकलाई शान्ति सेनामा पठाएको छ । नियोगले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल शान्ति सेनामा सैनिक योगदान गर्ने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको जनाएको छ । १२१ देशमध्ये नेपाल दोसो स्थानमा अटाएको हो । नेपालभन्दा अगाडि रहेको बंगलादेशको शान्ति सेना संख्या ६ हजार ५५४ छ । नेपाली सेनाका अहिले विश्वका विभिन्न १२ स्थानमा शान्ति सेना खटिएका छन् । नेपालले शान्ति सेनामा सहभागिता जनाएको ६३ वर्ष भएको छ ।

कमेन्ट गर्नुहोस्