Thursday May 26, 2022  |    | 

जापानले नेपाल सहितका मुलुकलाई अष्ट्राजेनेका खोप दिने

2021 Jul 13
IMG
एजेन्सी  जापानले नेपालसहितका मुलुकहरूलाई कोरोनाभाइरसविरूद्ध अक्सफोर्ड/अष्ट्राजेनेका भ्याक्सिन अनुदानमा दिने भएको छ।मंगलबार  जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका छन्।

उनले दिएको जानकारीअनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।जापानले दिएको खोपबाट नेपालले कति डोज पाउँछ भन्ने टुंगो छैन।

समाचार संस्था रोयटर्सका अनुसार विदेश मन्त्री मोतेगी यही साता खोप पठाउने बताएका छन्।उनले इन्डोनेसिया, ताइवान  र भियतनामलाई १०/१० लाख डोज खोप दिइने जानकारी दिएका छन्।

जापानले कोभ्याक्सका लागि १ अर्ब डलर ३ करोड डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्