Thursday May 26, 2022  |    | 

बाइटडान्सले टिकटकद्वारा भिडियो एपको एआई अन्य कम्पनीलाई बिक्री गर्न शुरु

2021 Jul 05
IMG

२१ असार ,सोमबार  भिडियो शेयरिङ एप टिकटकको माउ कम्पनी बाइटडान्सले टिकटकको एआई अन्य कम्पनीलाई पनि बेच्न थालेको फाइनान्सियल टाइम्सले जनाएको छ।

कम्पनीले नयाँ बाइटप्लस नामको विभाग खोलेर आफ्ना ग्राहकहरुमा अमेरिकाको फेशन एप गोट, सिंगापुरको भ्रमण साइट विगो, इन्डोनेसियाको शपिङ एप चिलिबेली तथा भारतमा आधारित गेमिङ प्लेटफर्म गेम्सएप आदि रहेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

यूजरले हेरेको भिडियोको प्रकारका आधारमा यसले सुझाउने अन्य भिडियो पनि त्यस्तै प्रकारको हुने भएकोले टिकटक निकै प्रख्यात छ। कम्पनीले गत वर्ष आफ्नो ब्लगमा यसले फरयू फीडमा कुन भिडियो दिने भन्ने कुरा कसरी निर्धारण गरिन्छ भन्ने बयान गरेको थियो। यो यूजरले कुनै पनि भिडियो लाइक शेयर कमेन्ट गरेको वा भिडियो बनाएको क्याप्शन र ह्याशट्याग राखेको तथा कुन डिभाइसबाट एप चलाएको कुन भाषा र लोकेशनको यूजर हो भन्ने आधारमा नयाँ भिडियो सुझाउने गरेको बताएको थियो।

फाइनान्सियल टाइम्सका अनुसार बाइटडान्सले आफ्ना ग्राहकलाई उक्त रेकोमेन्डेशन अल्गोरिदम प्राप्त गरेर त्यसका आधारमा आफ्ना एप तथा ग्राहकहरुका लागि पर्सनलाइज गर्न इजाजत दिन्छ। बाइटप्लसले पनि स्वचालित बोली तथा शब्द अनुवाद र रियल टाइम भिडियो इफेक्ट तथा तथ्याङ्क विश्लेषण टूल आदि पनि प्रदान गर्छ।

विगत डेढ वर्षयता बाइटडान्स तथा टिकटक अमेरिकी ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका चीनमा आधारित थुप्रै कम्पनीहरुमध्ये परेका छन्।

हालका अमेरिकी राष्ट्रपति जो बाइडेनले गत जुनमा एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यो प्रतिबन्ध फुकुवा गरिसकेका छन्।

ट्रम्प प्रशासनको दबाबका बावजूद टिकटक गत वर्ष अमेरिकामा मासिक १० करोड यूजर बनाउन सफल भएको थियो।

कमेन्ट गर्नुहोस्