Friday July 1, 2022  |    | 

बोझो खानुका यस्ता छन् फाइदाहरु

2021 Jun 28
IMG

बोझो एक प्रकारको बनस्पती हो । यसको जरालाई हामी बोझो भन्छौ । बोझो घाँटी बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो । बोझो सामान्यत पहाडी क्षेत्रमा पाइन्छ । काठमाडौंमा समेत कतिपयको घर बगैंचामा बोझो हुन्छ । यो ओसिलो स्थानमा फस्टाउँछ । बोझोको जरा वा भनौ कान्डलाई उखेलेर पखाल्ने । त्यसलाई टुक्रा बनाएर त्यतिकै चपाउन सकिन्छ । लामो समय राखेर खानका लागि चाहि टुक्रा बनाएर सुकाउन सकिन्छ । यसरी सुकाएको बोझोलाई सिसाको बोत्तलमा राखेर आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ । चूर्ण वा धुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ ।

 बोझो खानुका फाइदाहरू :

– बोझोको सेवनले खोकी ठीक हुन्छ

– घाँटीको दुखाई ठीक हुन्छ ।

– शरीर वा जोर्नीको दुखाई निको पार्न मद्धत गर्छ ।

– हिस्टेरिया, अनिन्द्रामा पनि बोझोको सेवन उपयोगी हुन्छ ।

– पेटको दुखाई कम गर्छ ।

– पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन बोझो उपयोगी हुन्छ ।

– तनाव कम गर्न पनि बोझो सेवन गर्न सकिन्छ ।

– यसको सेवनले स्मरणशक्ति बढाउँदछ ।

– उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी मानिन्छ ।

– दम रोगीका लागि पनि बोझो प्रभावकारी मानिन्छ ।

कमेन्ट गर्नुहोस्