Sunday January 23, 2022  |    | 

म्यानमारलाई हतियार नबेच्न राष्ट्रसंघको अपील

2021 Jun 20
IMG

६ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघले म्यानमारलाई हतियार बिक्री बन्द गर्न विश्वका सबै मुलुकलाई आग्रह गरेको छ । गत फेब्रुअरीमा भएको सैन्य कू को विरोधमा राष्ट्रसंघले विश्वका मुलुकहरुलाई यस्तो आग्रह गरेको हो । राष्ट्रसंघको महासभाले म्यानमारको सेनाको निन्दा गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

राष्ट्रसंघले राजनीतिक कैदीहरुलाई रिहाइको माग गरेको छ । कू गर्दा सेनाले आङ साङ सुकीलगायतका नेताहरुलाई पक्राउ गरेको थियो । राष्ट्रसंघले म्यानमारको सेनालाई शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि हिंसा बन्द गर्न पनि आग्रह गरेको छ ।  राष्ट्रसंघको प्रस्ताव कुनै कानूनी दस्तावेज नभए पनि यसले राजनीतिक रुपमा भने ठूलो अर्थ राख्छ ।‘गृहयुद्ध निम्तिने जोखिम बढ्दो छ,’ म्यानमारका लागि राष्ट्रसंघका विशेष दूत क्रिस्टिन स्क्रानर बर्गेनरले महासभामा भने, ‘सैन्य कू फिर्ता गर्ने अवसर क्षीण बन्दै गएको छ ।’

राष्ट्रसंघको महासभामा म्यानमारविरुद्धको प्रस्तावलाई ११९ मुलुकले सहयोग गरेका थिए । त्यस्तै रुस र चीनलगायत ३६ मुलुकले भने यो प्रस्तावको विपक्षमा मतदान गरेका थिए । बेलारुस भने यसमा तटस्थ बसेको थियो ।

केहीले यो संकट म्यानमारको आन्तरिक मुद्दा भएको बताएका छन् भने केहीले यो प्रस्तावले चार वर्षअघि रोहिंग्यामाथि भएको दमनलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्