Saturday November 27, 2021  |    | 

के हो मस्तिष्क घात ? यस्ता छन् बच्ने उपायहरू

2021 Jun 17
IMG
काठमाडाैं । अप्रत्यासित रूपमा अपर्झट हुने, तत्कालै ज्यान जान पनि सक्ने र बाँचिहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रित भएर बाँच्नुपर्ने यो समस्याको मुख्य कारण मस्तिष्कको रक्तसञ्चारसँग सम्बन्धित छ । मस्तिष्कलाई रगत आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै रगतकोको थेल्ला जमेर वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा पोषक तत्व र अक्सिजन आपूर्ति हुन नसक्दा तन्तुहरु मर्न जाने समस्या नै मस्तिष्क घात हो ।

यी हुन् मस्तिष्क घातका लक्षण

अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु, रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीररको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखापर्नु, होस हराउनु, एकाएक दृष्टि धुम्मिनु वा बन्द हुनु, बोली लट्पटिनु वा बोल्न नसक्नु, पसिना छुट्नु, वान्ता हुनु लगायत मस्तिष्क घातका लक्षण हुन्।


यसरी बच्न सकिन्छ

- ४० वर्ष उमेर पुगेपछि नियमित रक्तचाप, मधुमेह, कोलेस्टेरोलको नियमित जाँच गराउने गरौं । जोखिम भएको पाइएमा यसलाई नियन्त्रण गर्न चिकित्सकको सल्लाहअनुसार औषधी खाऔं वा जीवनशैली परिवर्तन गरौं । औषधी सेवन गरी यी रोग नियन्त्रित भए पनि आफूखुसी औषधी खान छाड्ने नगरौं।
-धूमपान, मद्यपान, सूर्ति र नशालु पदार्थ सेवन नगरौं।
-शरीरको तौललाई आफ्नो कदअनुसार नियन्त्रणमा राखौं।
-नियमित हल्का व्यायाम गर्ने बानी बसालौं । तर, जोखिममा परेकाले भुलेर पनि कठिन व्यायाम गर्नु हुँदैन।
-स्वस्थ्यकर खाना खासगरी मसिनो मीठो भन्दा खस्रो मोटो खाना, हरियो सागसब्जी, फलफूल, रेसा र चोकरयुक्त भोजनलाई प्राथमिकता दिऔं। तेल, घिउ, बोसो जस्ता चिल्ला पदार्थ कम खाऔं । भिटामिन ई युक्त पदार्थलाई खानामा अवश्य समावेश गरौं।
-तनावलाई त्यागौं, विश्राम गरौं, भावनालाई नियन्त्रण गरौं, जोखिमपूर्ण जीवनशैली र व्यक्तित्व भए, त्यसलाई सरल बनाउँ ।
-मष्स्तिक घातका जोखिम मानिने शारीरिक समस्या, जस्तै– नसाभित्रै रगत जम्ने रोग, मुटु तथा रक्तसञ्चार सम्बन्धी रोग, जस्तै– एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्व्रोसिस, एन्युरिजम, लेफ्ट भेन्ट्रिकुलार डाइलेटेसन जस्ता समस्या समयमै निवारण गर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्