Friday July 1, 2022  |    | 

अष्ट्रेलियाको एनएसडब्लु संयोजकमा सन्ध्याको दाबेदारी

2021 Jun 16
IMG
असार २,सिड्नी  एनआरएन अस्ट्रेलियाको चुनाब नजिकिँदै जाँंदा बिस्तारै प्रत्यासीको चर्चा पनि चुलिन लागेको छ। एनआरएन अस्ट्रेलियाको निर्वाचन आउँदो जुलाइ ३१ तारिखका लागि तोकिएको छ।डेढ महिना मात्र बाँंकी हुँंदा राजनीतिक दलका केही भातृसंगठन खुलेरै आफ्नो टिम निर्माणमा लागेका छन्।

यतिखेर अस्ट्रेलियामा एमाले फुटेको र कांग्रेस टुटेका कारण सग्लो र अग्लो टिम भने कसैको बन्न र घोषणा हुन सकेको छैन। सायद केहि दिन भित्रै गुटगत उमेदवार टिम लिष्ट पनि आउने पक्का छ।

यसैबीच सदस्यता बढाउने खेलमा चुनाव पनि एक महिना पछि सार्न अस्ट्रेलियाले केन्द्रसँंग आग्रह गरेको छ। तर त्यसको निर्णय आइसकेको छैन ।तोकिएको समयमा एनआरएन अस्ट्रेलियामा २ हजार सदस्य पनि नबनेपछि हत्तपत्त कार्यसमितीको बैठकले सदस्यताको म्याद १६ दिन बढाएर जुन २७ तारिखसम्मका लागि लम्बाइएको छ।

यस कारण अब कम्तीमा पनि सदस्यता संख्या ६ हजारको हाराहारीमा पुग्ने अनुमान गरिएको छ। यसैबीच नारी निकुन्जकी संयोजक सन्ध्या शाहले एनआरएनको न्यु साउथवेल्स राज्यको संयोजक (उपाध्यक्ष) पदमा उमेदवारी दिने घोषणा सार्वजनिक गरेकी छिन्।

नारी निकुन्जको सदस्यहुँंदै एनएसडब्लु संयोजक र हाल नारी निकुन्जकै संयोजक बनेकी शाहले यस पटक आफूले तीन कार्यकाल गरेको काम र अनुभवका आधारमा उपाध्यक्ष पद दावी गरेको बताइन्।

नारी निकुन्ज एनआरएन अस्ट्रेलियाको भगिनी संस्थाका रुपमा रहेको छ। आफ्नो कार्यकालमा नेपालमा थुप्रै परोपकारी कार्य गर्दै आएको नारी निकुन्जले नेपालका दुर्गम जिल्लाका स्कुलहरुमा नानीहरुलाई निःशुल्क प्याड वितरण, अछाममा पाठेघर खस्ने समस्यावाट पीडित महिला दिदी बहिनीलाई आवश्यक उपचार सहयोग लगायतको काम अगाडि बढिरहेको शाहले बताइन्।नेपालजन्जकी स्थायी बासिन्दा शाह प्रवासमा बसेर पनि मुलुक अनि माटोको लागि केहि गर्न सकिन्छ कि भन्ने ध्येयका साथ एनआरएन अभियानमा सामेल भएको बताउँछिन्।

कमेन्ट गर्नुहोस्