Sunday January 23, 2022  |    | 

बन्दाबन्दीको बेलामा कर नतिरे जरिवना लाग्ने

2021 Jun 15
IMG

काठमाडौं । बन्दाबन्दी खुलेको ३० दिन भित्र कर बुझाएमा जरिवना नलाग्ने प्रावधान हटेको छ । गत वर्षको लकडाउनमा सर्वोच्च अदालतले यसअघि बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने अन्तरिम आदेशलाई मंगलबार खारेज गरेपछि अब अर्थमन्त्रालय आर्थिक ऐन भित्र नतिरेमा जरिवना लाग्ने भएको हो ।

 अधिवक्ता सिर्जना अधिकारीले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा कर विवरण, कर दाखिला नगरेमा असुल नगर्नु नगराउनु भन्ने आदेश दिएको थियो । बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु भनि अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चका न्यायाधीश डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ मा उल्लेख भए अनुसारका दण्ड जरिवना र समय सिमात्रा छुट पाउने आदेश गरेका छन । 


कमेन्ट गर्नुहोस्