Friday July 1, 2022  |    | 

अस्पतालको शय्याबाट एरिक्सनले लेखे भावुक पोस्ट

2021 Jun 15
IMG

मंगलवार , ०१ असार । डेनिस फुटबल खेलाडी क्रिश्चियन एरिक्सनले आफ्नो स्वास्थ्य अवस्था ठीक भएको बताएका छन्। युरोकप फुटबलअन्तर्गत फिनल्याण्ड र डेनमार्कबीच खेल भइरहेका बेला उनी अचानक मैदानमै ढलेका थिए।

उनले मंगलबार अस्पतालबाट इन्स्टाग्राम पोष्ट गर्दै आफू ठीक रहेको उल्लेख गरेका छन्। उनले आफू ठीक भएको र यसक्रममा अस्पतालमा केही परीक्षणहरु गराउन परेको जानकारी दिएका छन्। शनिबार भएको घटनापछि पाएको सबै समर्थनका लागि उनले धन्यवाद पनि दिएका छन्। उनले संसारभरिबाट प्राप्त सन्देशहरुको लागि धन्यवाद ज्ञापन गरेका छन्। अब अर्को खेलमा डेनमार्कको टोलीलाई आफूले खुसी पार्नेसमेत उनले बताए। 

एरिक्सनलाई शनिबारको खेलमा कार्डियक अरेस्ट भएको थियो। अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ। डेनमार्कको टोलीका निर्देशकले एरिक्सनको मुटु रोकिने समस्या भएको बताए। उनले 'ऊ गइसकेको थियो तर हामीले कार्डियक पुनरुत्थान गरेर बचाउन सकेको' पत्रकार सम्मेलनमा जानकारी दिए। उनले अहिलेसम्म गरिएको परीक्षण राम्रै देखिएको तर किन यस्तो भयो भनेर हामीसँग जवाफ नभएको बताए।

उनले टूर्नामेन्टमा फेरि खेल्ने अपेक्षा गरिएको छैन। तर उनी चाँडै नै स्वस्थ भएर घर फर्किन सक्ने चिकित्सकहरु बताउँछन्।

कमेन्ट गर्नुहोस्