Saturday October 24, 2020  |    | 

थप १९४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या १९,०६८

2020 Jul 04
IMG

१९ असार, जापान । जापानको राजधानी टोकियोमा पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । बिहीबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा टोकियोमा कोरोना भाइरसका १९४ नयाँ संक्रमित फेला परेका हुन् ।

यद्यपि जापानको प्रमुख क्याबिनेट सेक्रेटरीले भने पुनः आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । टोकियोका गभर्नर युरिको कोइकेले यसरी कोरोना भाइरसको संक्रमण बढ्नु चिन्ताजनक रहेको बताएका छन् । उनले सबै मानिसहरु तथा व्यवसायहरुलाई कोरोना भाइरसबाट बच्नका लागि सहकार्य गर्न आग्रह गरेका छन् ।

टोकियोमा गत मे २५ मा आपतकालीन अवस्था हटाएसँगै कोरोना भाइरसका नयाँ संक्रमितको संख्या पनि २० भन्दा कममा रहँदै आएको थियो । पछिल्लो पटक मे २ मा टोकियोमा कोरोना भाइरसका नयाँ संक्रमित एक सय नाघेको थियो ।

कमेन्ट गर्नुहोस्