Tuesday October 27, 2020  |    | 

पोखराकी सुजिताको जापानमा सडक दुर्घटनामा परी निधन

2020 Jun 15
IMG

जापान | छ महिनाअघि डिपेन्डेन्ट भिषामा जापान आएकी एक नेपाली युवतीको सुजिता बाँस्तोलाको सडक दुर्घटनामा परी मृत्यु भएको दुःखद खबर छ। जापानमा रहेका सुजिताका गाऊँले साइतामा निवासी सूर्यप्रसाद बाँस्तोलाले दिएको जानकारी अनुसार मिए केनको योक्काइचिमा आइतबार विहान गाडीको ठक्करबाट मृत्यु भएको हो । उनी श्रीमानका साथमा बस्दैआएकी थिईन ।

कास्की पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका-१६ की बास्तोलाको निधनपछि उनका श्रीमान सुनिल आचार्य बेहोस भएका छन् ।

श्रेष्ठले मृतक बाँस्तोलाको शव व्यवस्थापनका सहयोगको काम सुरु भएको र परिवारसंग सल्लाह गरी थप कदम चाल्ने बताउनुभएको छ । श्रेष्ठले महामारीको अवस्थामा दुखद घटनाले कास्कि समाज थप दुःखी बनेको बताउनु भयो । स्मारण रहोस एकवर्ष अघि ममता तामाङको पनि सोही स्थानमा दुर्घटनामा परी मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्