Friday January 22, 2021  |    | 

थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७६२ पुग्यो

2020 Jun 09
IMG
काठमाडौं, २६ जेठ – नेपालमा आज थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले हालसम्म ३ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

साथै कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४८८  पुगेको छ ।

मन्त्रालय अनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ  ।

कमेन्ट गर्नुहोस्