काठमाडौं : नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको मन्त्रालयले बताएको छ ।
त्यसैगरी, आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।
कमेन्ट गर्नुहोस्