Tuesday October 27, 2020  |    | 

प्रदेश खारेज गर्न जनमोर्चाले दर्ता गर्यो संविधान संशोधन प्रस्ताव

2020 Jun 04
IMG
काठमाडौँ : सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै विभिन्न दलहरुले पनि आफ्नो तर्फबाट संशोधनको प्रस्ताव दर्ता गर्ने क्रम रोकिएको छैन् राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरेपछि बुधबार राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

संघीयता खारेजीको मागगर्दै जनमोर्चले संशोधन विधेयक दर्ता गरेको हो । देशले संघीयता धान्न नसक्ने भएकाले संघ र स्थानीयतह कायम हुने गरी संशोध नगर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए । संघीयता खारेज गरी स्थानीय निकायलाई बलियो बनाउने गरी अधिकार प्रदान गर्नुपर्ने उनले बताए ।

नेपाल पछाडी पर्नुको कारण एकात्मक शासन प्रणाली नभएको उल्लेख गर्दै उनले संघीय प्रणालीले समस्या समाधान नहुने बताए । आफुहरुले २०६४ सालबाट नै प्रदेशको संरचना उपयुक्त नहुने मत राख्दै आएको उनले बताए । अहिले सरकारले संशोधन प्रकृया अघि सारेपछि अन्यदलहरुले पनि आफ्नो संशोधन विधेयक दर्ता गरेका कारण आफुहरुले पनि विधेयक दर्ता गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस्