काठमाडौं : सरकारलाई जेठ २५ गतेभित्र सबै कर बुझाउनुपर्ने भएको छ । लक डाउनका कारण सरकारले कर तिर्ने समसयीमा जेठ २५ गतेसम्म सारेको थियो । अब लक डाउन जारी रहे पनि २५ गते अर्थात आउँदो आइतबारभित्र उद्योगी व्यवसायी सबैले सम्पूर्ण कर बुझाउनुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ ।
व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट) आयकर, अन्तशुल्क लगायतका कर बुझाउनुपर्छ । सरकारले चैत ११ गतेबाट लक डाउन गरेपछि कर तिर्ने समय पनि पछि सारेको थियो । तर अब सरकारले समय नथप्ने भएपछि व्यवसायीले लक डाउनकै बीचमा कर तिर्नुपर्ने भएको छ ।
कमेन्ट गर्नुहोस्