Tuesday October 27, 2020  |    | 

नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुग्यो, थप १६६ जनामा कोरोना पुष्टि

2020 Jun 01
IMG
काठमाडौं:  नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको हो । आज थपिएका १६६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ।

नेपालमा हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्