Tuesday May 11, 2021  |    | 

जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने मन्त्रिपरिषद्‍को निर्णय: असार १६ गतेसम्म अन्तर्राष्ट्रिय विमानस्थल बन्द

2020 May 31
IMG
काठमाडौं, जेठ १७

सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार शुरु गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले तयार पारेको कार्यविधिमा केही परिमार्जन गर्दै उद्धार कार्य शुरु गर्ने निर्णय गरेको हो ।

कार्यविधि पारित गरेसँगै अब उद्धार कार्य शुरु हुनेछ । त्यसका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावासले नाम संकलन गरेर पठाउने छन् । सोही अनुसार सरकारले विमान पठाएर उद्धार कार्य शुरु गर्नेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय पनि गरेको छ । जेठ २० गतेसम्मको लकडाउनलाई थप १२ दिन लम्बाउने निर्णय भएको छ । यसैगरी अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्