काठमाडौं, १७ जेठ । आज थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी गराएका हुन् । यो सँगै कुल संक्रमितको संख्या १४ सय १ पुगेको छ । एक हजार दुई सय ८८ जना पुरुष र एक सय १३ जना महिला छन् ।
देवकोटाअनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २१९ पुगेको छ ।
जसमध्ये १७२ जना पुरुष र ४७ जना महिला छन् ।
आजमात्रै १३ जना डिस्चार्ज भएका हुन् ।
कमेन्ट गर्नुहोस्