Friday January 22, 2021  |    | 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३ जना कोरोना भाइरसका संक्रमित थपिए, देशमा संक्रमितको संख्या ३५७ पुग्यो

2020 May 19
IMG
काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ३५७ पुगेको छ । पछिल्लो पटक ५३ जना व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटोल जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।

हालसम्म परीक्षण अवस्था
३० हजार ७२३ पीसीआर
६९ हजार ५६० आरडीटी
बितेको २४ घण्टामा २ हजार ५५८ पीसीआर परीक्षण
बितेको २४ परीक्षण १ हजार ७९१ आरडीटी परीक्षण

कमेन्ट गर्नुहोस्