Tuesday October 27, 2020  |    | 

धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि

2020 May 14
IMG
काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको छ । 
संक्रमितको बाँकेको नेपालगन्ज निवासी ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । 
उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना संक्रमितको आधिकारिक संख्या २१८ पुगेको मन्त्रालयले जनाएको छ। ।
यस्तै धनुषामा थप दुई जनाको पुष्टि भएको भएपनि मन्त्रालयले औपचारिक रुपमा जानकारी दिइसकेको छैन । 

कमेन्ट गर्नुहोस्