मुलुकको विभिन्न जिल्लामा गरेर आज थप ५७ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएको छ । सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुको सङ्क्रमण भएको बताउनुभयो । योसँगै हालसम्म सङ्क्रमितको सङ्ख्या १९१ पुगेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो । यसअघि सोमबार १३४ जना सङ्क्रमित भेटिएका थिए ।
भारतबाट आउने क्रम बढेसँगै शङ्कास्पद व्यक्तिलाई परीक्षण गर्दा यति धेरैको सङ्ख्यामा सङ्क्रमित पहिलोपटक सङ्क्रमित भेटिएको हुन् । ‘‘पहिलाभन्दा अहिले भारतबाट मानिस पनि आवतजावत गरिरहेका छन् |
कमेन्ट गर्नुहोस्