काठमाडौं । नेपाल बार एशोसिएसनले भारतले लिपुलेकसम्म मोटरबाटो खनेर अन्तराष्र्टिय कानुनविपरित काम गरेको भन्दै शनिवार निन्दा र भत्र्सना गरेको छ ।
भारतले नेपाल भूमि लिपुलेक आफ्नो भन्दै सडक समेत शुक्रबार उद्घाटन गरेको थियो ।
कानुनव्यवसायीहरुको साझा संख्था नेपाल बारले सीमा अतिक्रमण रोकि नेपालको सार्वभौमताको सम्मान गर्न आग्रह पनि गरिएको छ ।
नेपाल बारका महासचिव लीलामणी पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वभौमसत्ता नेपालको भूमीमा अन्तराष्टिय कानुनविपरित अतिक्रमण गर्ने भारत सरकारको यस्तो कार्य अत्यन्तै निन्दनीय र खेदजनक छ ।’
कमेन्ट गर्नुहोस्