Saturday July 24, 2021  |    | 

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, नेपालगन्जमा फेरि थपिए ६ जना कोरोना संक्रमित

2020 May 04
IMG
काठमाडौं । नेपालगन्जमा ९कोभिड–१९० कोरोना भाइरस संक्रमण पुनः ६ जनामा पुष्टि भएको छ । यसअघि आइतबार नै दिउँसो पनि ९ जनामा संक्रमण पुष्टि भएको थियो । आजै भेरी अञ्चल अस्पतालमा पीसीआर परीक्षणका क्रममा १५ जनामा कोरोना भाइरस पेजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ भेटिएका संक्रमितहरु १६, २१ र ३४ वर्षका पुरुष छन् भने ४०, ५५ र ६० वर्षका महिला छन् । यसअघि नेपालगञ्‍ज उपमहानगरपालिकाका ६० वर्षीयमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

ती व्यक्तिमा संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका १५ जनामा पनि पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको हो । त्यस क्षेत्रका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गरिएको थियो । अहिलेसम्म ९० मध्ये ६० जनाको परीक्षण रिपोर्ट आएकामा १५ जनामा पोजेटिभ देखिएको छ ।

कोरोना भाइरस संक्रमित भेटिएको नेपालगन्ज उपमहानगरपालिकास्थित डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्रमा सिल गरिएको छ । संक्रमितहरुलाई बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा.विनोद कुमार गिरीले पनि थप संक्रमित देखिएको पुष्टि गरे । शनिबार महेन्द्रपार्क टोलका एक ६० वर्षिय पुरुषमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा अन्यको परीक्षण गरिएको थियो । आज संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् ।

कमेन्ट गर्नुहोस्