Tuesday May 11, 2021  |    | 

उत्तर र दक्षिण कोरियाका सेनाहरूबीच सिमानामा गोली हानाहान

2020 May 04
IMG
काठमाडौं: उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरूबीच गोली हानाहान भएको छ । दुई कोरियालाई छुट्ट्याउने सिमा क्षेत्रमा यस्तो घटना भएको हो । दक्षिण कोरियाली सेनालाई हवाला दिंदै उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेको बीबीसीले लेखेको छ । जवाफमा आफूहरूले चेतावनी दिएको र पछि गोली हानाहान सुरु भएको दक्षिण कोरियाले जनाएको छ ।

तर, घटनामा कुनै क्षति नभएको बताइएको छ । सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने दक्षिण कोरिया सरकारको अहिलेसम्म सफल हुन सकेको छैन । उत्तर कोरियाली नेता किम जङ अन सार्वजनिक रूपमा देखिएको विवरण आएको २४ घण्टा पनि नबित्दै दुई कोरियाली सेनाबीच गोली हानाहानको घटना भएको हो । दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । 
 
बीबीसी

कमेन्ट गर्नुहोस्