Sunday November 29, 2020  |    | 

अमेरिकामा बन्यो कोरोनाविरुद्धको ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधि, अब बिरामीलाई इन्जेक्सनमार्फत दिइने

2020 May 03
IMG
अमेरिकाले कोरोना भाइरस संक्रमितको उपचारका लार्गि ‘रेम्डिसिभियर’ नामको एन्टिभाइरल औषधिलाई स्वकृति प्रदान गरेको छ।

अमेरिकाकै औषधि कम्पनी ‘गिलियाड साइन्स’ले बनाएको औषधिलाई अमेरिकी सरकारले शुक्रबार स्वीकृत दिएको हो।

मानिसमा परीक्षणका क्रममा रेम्डिसिभियर’ औषधिले कोरोना भाइरस नष्ट गरेको अनुसन्धाकर्ताले दाबी गरेका छन्।

यो औषधिलाई अमेरिकी केन्द्रीय सरकारको औषधि स्वीकृतिसम्बन्धी आधिकारिक निकाय ‘द फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन’ एफडीएले आपत्‌कालीन स्वीकृतिका रूपमा अनुमति प्रदान गरेको हो।

अब यो औषधि इन्जेक्सनमार्फत बिरामीलाई दिइने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। तर यो औषधिले कोरोनाबाट हुने मृत्युदरलाई कति हदसम्म न्यूनीकरण गर्छ भन्ने स्पष्ट भइनसकेको विज्ञले बताएका छन्।

प्रारम्भिक रूपमा १ लाख ४० हजार बिरामीका लागि ‘रेम्डिसिभियर’ औषधि बनाइएको कम्पनीले जनाएको छ।यसले एघार दिनमा बिरामीलाई निको गर्ने दाबी गरिएको छ ।

सुरुमा सन २०१४ मा देखिएको इबोला संक्रमणमा यो औषधि पहिलोपटक बनाइएको थियो। तर त्यसमा यसले खासै प्रभाव गर्न नसकेको विज्ञको भनाइ छ।

कमेन्ट गर्नुहोस्