Monday May 10, 2021  |    | 

कालोबजारीमा पक्राउ परेका अर्बपति मोहनलाल चाचान हिरासतबाट अस्पतालमा

2020 May 01
IMG
विरगञ्ज । कालोबजारीमा पक्राउ परेका अर्बपति मोहनलाल चाचानलाई हिरासतबाट झिकेर बारा परवानीपुरमा रहेको नारायणी बयोधा अस्पतालको वातानुकुलित कक्षमा राखिएको छ ।

उनीसँगै पक्राउ परेका अन्य ४ जना भने जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा छन् ।

नारायणी मोडर्न पल्सेज इण्डस्ट्रिजका संचालक समेत रहेका चाचानलाई लकडाउनका बेला दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले बैशाख १४ गते साँझ पक्राउ गरेको थियो ।

पक्राउ पर्ने बित्तिकै चाचानलाई अस्पताल बासको ब्यवस्था मिलाइएको हो । यो सबै कुराको प्रवन्ध बारा प्रहरी प्रमुख कृष्ण पगेनीले मिलाएका हुन् । यसबारे बुझ्दा पँगेनीले चाचानलाई अस्पतालमा राखिएको बिषयमा चिकित्सकलाई सोध्नु पर्ने प्रतिक्रिया दिए ।

‘एक ठेली कागज छन् । पुरानो क्रोनीक रोग भएकोले चाचानलाई अस्पतालमा राखिएको हो, पंगेनीले बताए । तर नारायणी बयोधा अस्पतालले स्रोतले भने चाचान पूर्ण रुपमा स्वस्थ रहेको बताएको छ ।

यही कुरा बारका एसपी पगेनीलाई बताउदा भने उनले ठिक मान्छेलाई उपचार गरिराख्ने अस्पताललाई पनि कारवाही गरिने बताएका छन् ।

चाचान बसेको अस्पतालको कक्षमा प्रहरीको पहरा पनि थिएन । चाचानलाई भेट्न केही संचारकर्मी जाँदा उनी सहयोगी सहित थिए ।
त्यतीबेला आफनो स्वास्थ्य अवस्था ठिक रहेको बताएको भेटेर फर्कनेहरुको प्रतिक्रिया छ ।

यो कुरा सार्वजनकी भएपछि अहिले चाचानलाई पत्रकारसंग भेट गर्न दिइएको छैन ।

प्रहरीको पहरा नचाहिने हो र भनेर प्रतिक्रिया लिन खोज्दा एसपी पगेनीले पहरा राखिएको तर डिउटीमा नबसेको भए प्रहरीलाई पनि कारवाही गर्ने समेत बताए ।

चाचानलाई पहिला कलैया जिल्ला अस्पतालमा लगेको र त्यहाँबाट रेफर गरेपछि बयोधा अस्पतालमा भर्ना गरिएको हो । कलैया जिल्ला अस्पतालले फिजिसियन नभएको भन्दै चाचानलाई स्वास्थ्य जाँच नै गरेको थिएन । जाँच नै नगरी चाचानलाई रेफर गर्ने कुरा सबै मिलीभगतमा भएको स्रोतको दावी छ ।

दाल उत्पादन हुने उधोगले नै कालो बजारी गरेको गुनासको आधारमा बैशाख ३ गते बाराको स्थानीय प्रशासन र बीरगंज स्थित बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले उद्योगहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज, कृष्ण आधुनिक दाल उधोग र महावीर दाल उधोगमा अनुगमन गरेको थियो ।

अनुगमन टोलीले उधोग संग सम्बन्धीत कागजात बिभागमा पठाएर निर्णय माग गरेको थियो । उधोगले कालोबजारी गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएपछि संचालकहरु पक्राउ परेका हुन ।

प्रहरीका अनुसार, ३ वटै उद्योगले लकडाउन भन्दा पहिले मसुरो दाल प्रति केजी ८० देखि ८५ रुपैयाको भाउमा बिक्री गरेका थिए । तर चैत ११ देखि लकडाउन शुरु भए यता दाल प्रति केजी ९४ देखि ९८ रुपैयाको भाउमा बिक्री गर्दै आएका छन् ।

नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजले अनधिकृत आयात निर्यात ब्यापार गर्दै आइरहेको छ । चाचान ग्रुपको रुपमा रहेको यो प्रतिष्ठानका अध्यक्ष बाबुलाल चाचान बीरगंज उधोग वाणिज्यसंघका पूर्व अध्यक्ष समेत हुन ।

कमेन्ट गर्नुहोस्