Saturday October 24, 2020  |    | 

हिम पहिरोमा बेपत्ता एक कोरियाली नागरिकको शव फेला

2020 Apr 29
IMG
काठमाडौं । अन्नपूर्ण आधार शिविर कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ हिङ्कु केभ क्षेत्रमा गएको हिम पहिरोमा परी बेपत्ता भएका एक कोरियाली नागरिकको शव फेला परेको छ ।

नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरमा रहेको सकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्दार टोलीले हिजो ९सोमबार० उक्त शव फेला पारेको हो ।

शवलाई आज ९मंगलबार० पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत वर्षको माघ ३ गते उक्त क्षेत्रमा हिम पहिरो जाँदा ३ जना नेपाली गाईड र चार जना कोरोरियाली पर्यटक बेपत्ता भएका थिए । जसमा दुई जना नेपाली गाईड र दुई जना कोरियाली पर्यटकको शव भने यसअघि नै फेला परेको थियो ।

अझै बेपत्ता एक नेपाली गाईड र एक कोरोयाली पर्यटकको हिउँले पुरिएको सम्भावित स्थानमा खोजी कार्य जारी राखेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्