Saturday July 24, 2021  |    | 

अर्बपति मोहनलाल चाचान कालोबजारीमा पक्राउ

2020 Apr 28
IMG
बीरगंज । बीरगंजका अर्बपति चाचान समुहका संचालक मोहनलाल चाचान पक्राउ परेका छन । दालमा प्रतिकिलो १५ देखी २० रुपैया बढी मूल्य लिएको कारण उनीसहित पाँच जना पक्राउ परेका छन ।

लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले आइतवार साँझ २ उद्योगी सहित ५ जनालाइ पक्राउ गरेको हो । उद्योगले लकडाउन भन्दा पहिले मसुरो दाल प्रति केजी ८० देखि ८५ रुपैयाको भाउमा बिक्री गरेका थिए । तर चैत ११ देखि लकडाउन शुरु भए यता दाल प्रति केजी ९४ देखि ९८ रुपैयाको भाउमा बिक्री गर्दै आएका छन् ।

पक्राउ पर्ने उद्योगीहरुमा बीरगंजको प्रतिष्ठित उधोगी घराना चाचान ग्रुपको बाराको परवानीपुर ४ स्थित नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका सन्चालक मोहनलाल चाचान अग्रवाल र बाराकै छातापिपराको कृष्ण आधुनिक दाल उद्योगका सन्चालक पवन कुमार साह रहेका छन् । उद्योगपतिद्वय चाचान र साहसंगै प्रहरीले चाचानको उद्योगमा कार्यरत कर्मचारी सुनिल शर्मा, साहको उद्योगका कर्मचारी सुरेश प्रसाद र परवानीपुर ४ लिपनीमालमा रहेको महावीर ओभरसिज प्रालिका कर्मचारी सन्तोष झालार्इ पनि पक्राउ गरेको हो ।

दाल उद्योगका सन्चालक चाचान र पवन साहलाइ वीरगन्ज स्थित निवासबाट र कर्मचारीहरुलाइ भने उद्योगबाट नियन्त्रणमा लिइएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दाल उत्पादन गर्ने उधोगले नै कालोबजारी गरेको गुनासाको आधारमा बैशाख ३ गते बाराको स्थानीय प्रशासन र बीरगंज स्थित बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले उधोगहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज, कृष्ण आधुनिक दाल उधोग र महावीर दाल उधोगमा अनुगमन गरेको थियो ।

अनुगमन टोलीले उधोग संग सम्बन्धीत कागजात बिभागमा पठाएर निर्णय माग गरेको थियो । बिभागले कालोबजारी गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएपछि उधोगका संचालकहरु पक्राउ परेका हुन ।

उधोगहीरुले डलरको भाउ तलमाथि भएको भन्दै आफनो मूल्यको बचाउको प्रयास गरेका थिए । उनीहरुको तर्क तथ्यसंगत नदेखिएपछि बिभागले कालोबजारी गरिएको ठहर गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।

लकडाउनको मौका छोपेर उद्योगबाट मसुरो दाल बढी मुल्यमा बिक्री गरि कालोबजारी गरेको आरोपमा दुइ दाल उद्योगका सन्चालक र ३ कर्मचारी गरि ५ जनालाइ पक्राउ गरिएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परेका सबै ५ जनालार्इ जिल्ला प्रहरी कार्यालय बारामा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले बताउनुभयो । प्रहरीका अनुसार, ३ वटै लकडाउनमा दाल उद्योगहरुले बढी मुल्यमा दाल बिक्री गरेको गुनासोको आधारमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको टोलीले बजार र उद्योगको अनुगमन गरेको थियो ।

कमेन्ट गर्नुहोस्