Sunday November 29, 2020  |    | 

फिल्मशाला प्रा.लि.को सक्रियतामा स्यानिटाईज गर्दै अनमोल फ्यासिलिटि क्लिनर्स

2020 Apr 25
IMG
काठमाडौंको कोटेश्वर भाटभटेनिबाट रामेछाप नगरपालिका र ओखलढुंगाको केही स्थानमा जान लागेका यात्रीहरु र गाडी सुरक्षित गन्तव्यमा पुर्याउन फिल्मशाला प्रा।लि।को सक्रियतामा अनमोल फ्यासलिटि क्लिनर्सले स्यानिटाइज गरेको छ ।

संसार भरी फैलिएको कोरोना भाइरसको कारण नेपालमा लकडाउन भएको महिना दिन हुँदा समेत कहिले खोल्ने निश्चिति नहुँदा विभिन्न जिल्लाबाट काठमाडौं आएर पेशा व्यवसाय गरेर बस्नुभएका आम नागरिकलाई खाध्यान्न समेत अभाव हुने स्थिती सिर्जना भएपछि स्थानीय सरकारको सक्रियतामा आफ्ना जनताहरुलाई गाउँ फर्काउने अभियान नै चलाएर समस्यामा परेका नागरिकहरुलाई निशुल्क उद्दार गर्ने भएपछि काठमाडौंबाट बाहिर जाने यात्रीहरुको स्वास्थमा प्रत्यक्ष असर हुने सम्भावना बढेपछि यात्रीहरु र गाडीमा समेत कोरोना भाईरसबाट सुरक्षित गराउन अनमोल फ्यासलिटि क्लिनर्सको सहयोगमा स्यानिटाईज गरेको फिल्मशाला प्रालिका अध्यक्ष श्रीहरी श्रेष्ठले जानकारी गराउनुभयो ।

रामेछाप नगरपालिका घर भै काठमाडौंमा विभिन्न पेशा व्यावसाय गरि हाल लकडाउनका कारण समस्यामा परेका १४०० जनतालाई नगरपालिकाको समन्वयमा २०७७(०१(०९ र १० गते ३२ वटा गाडीहरू रिजर्भ गरि सुरक्षित घर ल्याइएको र सो अभियानमा सहयोग गर्ने उप(प्रमुख, वडा अध्यक्ष र सम्पुर्ण सदस्यहरु, राजनीतिक दलका साथीहरू, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, सुरक्षा निकाय, गोठगाउँ सरोकार समाज लगायत काठमाडौं समन्वय गर्नुहुने सम्पुर्ण नगरबासीमा रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापा मगरले धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्