Friday April 16, 2021  |    | 

डा.बाबुराम फण्डाबाट चर्चा कमाउने नाइके : महेश बस्नेत

2020 Apr 25
IMG
काठमाडौँ –  नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले अनावश्यक आरोप तथा प्रत्यारोप लगाई अनेक फण्डाबाट चर्चा कमाउने नाइके भएको टिप्पणी गर्नुभएको छ ।

समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री समेत रहेका डा। भट्टराइले आफ्ना सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्र यादवलाई सांसद महेश बस्नेतसहितको टोलीले अपहरण गरेर काठमाडौँ ल्याएको आरोप लगाएकोमा बस्नेतले कडा प्रहार गर्नभुएको हो ।

डा। यादव काठमाडौँको मेरियट होटलमा रहेको व्यक्तिलाई अशोक राई आई अपहरण शैलमा लगेको, भट्टराईले डा। यादव आफुसँग भएको फोटो प्रस्तुत गरेको उल्लेख गर्दै बस्नेतले यस्तो नचाहिने आरोप नलगाउन चुनौति दिनुभयो ।

सांसद बस्नेतले राजनीतिमा प्रपोगाण्ड गर्न सिपालु भट्टराईले नियोजित रुपमा कतिपय मिडिया प्रयोग गरी आफूहरुमाथि अफवाह फैलाएको बताउनुभयो ।
उहाँलाई फण्डाबाट चर्चा कमाउने नाइकेकै रुपमा चिनिन्छ । यस्तो काम नगर्दा राम्रो हुन्छ, बस्नेतको भनाई थियो ।

बस्नेतले बाबुरामलाई साइवर क्राइमको मुद्धा चलाउनुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘अर्काको चरित्र हत्या गर्न भट्टराईलाई कसले अघिकार दियो रु’

फण्डावाला नेतृत्वको तरिका सिकेर फण्डावाला मिडियामा नै आएको उल्लेख गर्दै उहाँले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा आफू लगायतको टिम जनताको सेवामा समर्पित भएर लागेको बताउनुभयो ।

सोही क्रममा भक्तपुरको जगातीबाट कतिपय बाटोमा अलपत्र परेका मजदुरलाई घर पठाउने क्रममा साँगा तथा बनेपामा सवारी जाम भयो भन्ने गुनासो आएपछि उच्चस्तरीय समन्वय समितिसँग छलफल गरी जगातीबाट बनेपा गएको बताउनुभयो ।

त्यही क्रममा डा। यादवले आफ्नै घरमा बोलाउनुभएको र आफूहरु त्यतै गएको सुनाउनुभयो ।

डा। यादवको आग्रह अनुसार उहाँकै घरमा गई खानपान गर्ने क्रममा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियालगायतले आफ्नो पार्टीभत्र व्यापक असन्तुष्टि रहेको जानकारी गराएको उल्लेख गर्दै सांसद बस्नेतले प्रमुख सचेतकद्वारा विगतमा सरकारमा नै काम गरेकाले प्रधानमन्त्रीको स्पीरिटसँग सहमत भएको र सोही अनुसार अघि बढ्न चासो व्यक्त गर्नुभएको जानकारी गराउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘हामी उहाँको घरमा गएर खाना खाएरसँगै आएका हौं । उहाँको श्रीमतीले अपहरण भन्नु भएको छैन, भिनाजु र पिएसओसँगै आएका छन् । सुरेन्द्र यादव मेरा मित्र हुनुहुन्छ । म, सांसद् किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनाल उहाँको घर पुगेका हौं । उहाँले पारिवारिक आतिथ्यमा खाना खुवाउनुभयो । हामी सँगै काठमाडौं आएका पनि हौं ।’

प्रधानमन्त्री केपी ओलीको सचिवालयमा सम्पर्क गरी डा। सुरेन्द्र यादवसँग सरसल्लाह गर्न सुझाव दिनुभएको र सोही अनुसार डा। यादवको घरमा पुगेको जानकारी गराउँदै सांसद बस्नेतले समाजवादीका नेता वर्दिवासका डा। सूर्यनारायण यादवको घरमा पनि गई सोही विषयमा छलफल गरिएको समेत जानकारी गराउनुभयो ।

राजनीतिक छलफलको क्रममा डा। यादवले विभिन्न व्यक्तिसँगको छलफल पछि आ–आफ्नो गाडीमा काठमाडौँ आएको उल्लेख गर्दै सांसद बस्नेतले डा।।यादवकै रोजाईमा मेरियट होटलमा बस्नुभएको र उहाँ सहितका ५र७ जना सांसदहरुसँग विहान वा वेलुका कुनै समय मिलाएर प्रधानमन्त्रीसँग भेटघाट गर्ने विषयमा सहमत भएको जानकारी गराउनुभयो । सोही क्रममा समाजवादीका नेता अशोक राईले डा। यादवलाई अपहरणको शैलिमा डा। बाबुरामको घरमा लगि आफुसँगै भएको फोटोहरु सार्वजनिक गर्नुभएको सांसद बस्नेतले उल्लेख गर्नुभयो ।

डा।यादलसहितको असन्तुष्ट पक्षसँगको भेटघाट तथा छलफलको क्रममा राजपा र समाजवादी पार्टीमा ठूलो मतभेद रहेको उल्लेख गर्दै सांसद बस्नेतले राजपा र समाजवादीको एकिकरणसँगै अझै ठूलो समुह टुक्रिएर जान सक्ने समेत संकेत गर्नुभयो ।

कमेन्ट गर्नुहोस्