Saturday October 24, 2020  |    | 

नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या ४७ पुग्यो

2020 Apr 24
IMG
काठमाडौं, वैशाख ११–

नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका (३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष ९अस्थायी० अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्