Wednesday June 23, 2021  |    | 

१४ वर्षदेखि कोमामा रहेकी महिलाले जन्माइन् स्वस्थ बच्चा

2020 Apr 24
IMG
काठमाडौं, लामो समयदेखि कोमामा उपचाररत एक महिलाले स्वस्थ बच्चालाई जन्म दिएको विषयले अहिले चर्चा बटुलिहरेको छ । अमेरिकाको एरिजोना राज्यको एक अस्पतालमा विगत १४ वर्षदेखि कोमामा उपचाररत एक महिलाले बच्चा जन्माएकी हुन् ।

फिनिक्स क्षेत्रमा पर्ने हेसिन्डा हेल्थकेयरको एउटा क्लिनिकमा उनी भर्ना भएकी थिइन् । महिलाको पहिचान भने गोप्य राखिएको छ । उनले स्वस्थ बच्चालाई जन्म दिएपछि अहिले हंगमा भएको छ । उनीमाथि यौन उत्पीडन भएको थियो या थिएन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको अमेरिकी टिभी च्यानल सीबीएसले जनाएको छ । महिला गर्भवती भएकोबारे त्यहीका कर्मचारीहरुलाई पनि थाहा नभएको उल्लेख गरेका छन् । फिनिक्स प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

अस्पतालका कर्मचारीहरुले पनि महिला गर्भवती भएको कुरा बच्चा जन्मिएको दिन मात्र थाहा पाएको टीभी च्यानलको रिपोर्टमा उल्लेख छ । कोमामा रहेकी महिलाले बच्चा जन्माए पछि अस्पतालले अब बिरामी महिलालाई भेट्न कोही पुरुष जाँदा अस्पतालकै एक महिला स्टाफ पनि सँगै लैजानु पर्ने नियम बनाएको छ ।

बीबीसी

कमेन्ट गर्नुहोस्