Tuesday May 11, 2021  |    | 

कोरोना संकटले ल्याएको छ अवसर पनि

2020 Apr 24
IMG
कोरोना भाइरसको संक्रमितको संख्या हरेक दिन बढीरहेको छ । कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या पनि डेढ लाखबाट माथि गइसकेको छ । विश्व नै अहिले ठप्प छ । विश्व अर्थतन्त्र पूर्णरुपमा धर्मराएको छ । उद्योग व्यवसाय नराम्ररी पिल्सिएका छन् । विश्व श्रम संगठनले विश्वभरिका एक अर्बभन्दा बढी श्रमिक अप्ठेरोमा पर्ने जसमा लाखौंको रोजगारी जान सक्ने र उनीहरुले नियमित पाउने तलबमा कटौती हुने पूर्वअनुमान गर्न थालिएको छ । विश्वको हवाई सेवा, यातायात, पर्यटन तथा होटल व्यवसाय धराशयी भएका छन् । ठूलठूला उद्योग व्यवसाय बन्दै छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा गरेको छ । उसको पछिल्लो अध्ययनअनुसार कोभिड १९ को लक्षण तत्कालै नदेखिएका व्यक्ति पनि संक्रमित हुन सक्ने, लक्षणहरु ढिलो गरी देखिने र हावाबाट पनि सर्न सक्छ । त्यसैले यसको भ्याक्सिन नबनेसम्म पूर्णरुपले समाधान हुने अवस्था छैन ।

विश्वमा प्रतिव्यक्ति आय धेरै भएका देशहरु नै कोभिड–१९ बाट प्रभावित पनि छन् । मेघा सिटी, मेट्रो रेल, ठूला महल, अपार्टमेन्ट जहाँ लाखौं मानिस हरेक मिनेट एक ठाउँबाट अर्को आवतजावतले सबैभन्दा धेरै संक्रमण फैलिएको देखिन्छ । व्यवस्थित र पूर्ण स्वास्थ्य सेवाको व्यवस्था भएका देशले पनि कोभिड–१९ सँग जुध्न सकिरहेका छैन । यो विश्व मानव जगत् र विज्ञका लागि महाचुनौतीको बनेको छ । विश्व महाशक्ति अमेरिकाले सबैभन्दा ठूलो मानवीय क्षति र अर्थतन्त्रमा परेको प्रभावले अतालिएर विश्व स्वास्थ्य संगठनको सहयोग अनुदान रोक्ने घोषणासमेत गरेको छ ।

नेपालको वर्तमान अवस्था –

श्रम क्षेत्र –  नेपालका बहुसख्यक अदक्ष र अर्ध दक्ष एवं दक्ष लाखौं व्यक्ति विश्व श्रम बजारमा छन् । विश्व बजारमा आएको मन्दीले धेरैजसो श्रमिकको दैनिकीमा पूर्णविराम लागेको छ । विभिन्न देशका श्रमिकहरु व्यवसाय बन्द भएका कारण आर्थिक अभावमा भोकभोकै बस्नु पर्ने अवस्था आएको छ । श्रम गर्दै पढ्न गएका विद्यार्थी बेरोजगार भएर उद्धारका लागि माग गरिरहेका छन् । विश्व श्रम बजारबाट लाखौं युवा जनशक्ति नेपाल फर्कन बाध्य हुने छन् । नेपालमा संगठित तथा असंगठित क्षेत्रमा श्रम गर्नेहरु उद्योगधन्दा र श्रम बजारमा पूर्णरुपले रोकिएसँगै भोकभोकै बस्ने अवस्था आएको छ । शहरमा बाँच्न कठिन भएर ६÷७ सय किलोमिटरसम्म पैदलै फर्किरहेका छन् । गाउँघरको खेतीयोग्य जमिन बाँझै छोडेर शहर केन्द्रित उनीहरु अब गाउँ फर्किरहेका छन् ।

आपूर्ति व्यवस्थाः संक्रमणलाई नियन्त्रण गरिसकेका चीनलगायत मुलुकमा पुनः संक्रमित व्यक्ति देखिनुले कोभिड–१९ को संक्रमणबाट विश्व सजिलै बाहिर निस्कने अवस्था छैन । भारतमा संक्रमणको स्थिति गम्भीर हुँदैछ । मूलतः नेपालको अत्यावश्यक दैनिक उपभोग्य बस्नु भारतबाट आउँछ । संक्रमण र लकडाउनको जति लामो सयम हुन्छ त्यतिकै देशमा आर्थिक संकट, बेरोजगारी र व्यक्तिगत समस्याहरु थपिँदै जान्छन् । संकट बढेसँगै उपभोग्य वस्तुको कमी, आपूर्ति अस्तव्यस्त भएसँगै कालोबजारी बढ्ने खतरासँगै थप समस्या देखिने छ ।

स्वास्थ्य सेवा(  हाम्रो स्वाथ्य सेवा राजधानी र शहर केन्द्रित छ । आधारभूत प्रयोगशाला र एक्रे गर्न पनि जिल्ला सदरमुकाम पुग्नुपर्छ । केन्द्रिकृत स्वास्थ्य पूर्वाधारको मार अहिले कोरोना भाइरस संक्रमणको पहिचान गर्ने केन्द्रीय प्रयोगशाला पुग्नुपर्ने बाध्यताले स्पष्ट पार्छ । संक्रमणको आशंका भएकाको आरडीटी परीक्षणको दायरालाई व्यापक बनाउँदै लगिए पनि थप पीसीआरका लागि प्रदेश राजधानी वा काठमाडौंकै भर पर्नुपर्छ । धेरै जिल्ला सदरमुकाममा निमोनिय, दमलगायत आपतकालीन अवस्थका बिरामीको उपचारकाका लागि आवश्यक आईसीयु, भेन्टिलेटर र दक्ष स्वास्थ्यकर्मी अभाव छ । आधारभूत स्वास्थ्य सेवाको अभावमा गरिब, किसानहरु सामान्य उपचारबाटै वञ्चित हुनुपर्छ ।

कृषि व्यवसाय( मुलुकभरि धेरै खेतीयोग्य जमिनको उचित प्रयोग हुन सकेको छैन । राजधानी र बजारको पहुँच भएमा केही भागमा व्यावसायिक तरकारी खेती, पशुपालन र खाद्यान्न उत्पादन भइरहेको छ । लकडाउनको कारण कृषिजन्य वस्तुको बजार अभाव र लागतअनुसार मूल्य नहुँदा खेतबारीमै तरकारी कुहिएका छन् । पशुपालक किसानको पनि अवस्था उस्तै छ । बजार नभएर अण्डा तथा कुखुराको खपत रोकिएको छ । दानाको अभावले किसानहरु संकटमा छन् । समयमा बीउ, मलखाद, प्राविधिक सहयोग नपाउँदा किसान सधैैं पीडित हुन पुगेका छन् । श्रम गर्न सक्ने जनशक्ति विदेश तथा शहर केन्द्रित हुँदा खेतबारी बाँझै छन् । कृषि पेशामा लागेका पनि श्रम र लागतसमेत नउठ्दा यो पेसाबाट पलायन भइइरहेका छन् ।

गरिबको रेखामुनिको समुदाय – भूमिहीन तथा दैनिक ज्याला मजदुरी गरेर खाने, अल्पसंख्यक, फिरन्तलगायतको तत्थ्यांक अद्यावधिक छैन । यो वर्ग मूलतः कृषिमै आधारित छ । आफ्नोमा श्रम गरेर तीन महिना पनि खान नपुग्ने जनसंख्या लाखौंै छन् । कोभिड–१९ संक्रमणका कारण भएको लकडाउनबाट उनीहरुलाई हातमुख जोड्न समस्या भएको छ । सरकारले घोषणा गरेको राहत उनीहरुसम्म नपुगेकाले भोकै परेका समाचार आइरहेका छन् ।

बैंकिङ्ग सेवा – बैंकिङ्ग सेवा सदरमुकाम र शहर केन्द्रित छ । किसान तथा साना व्यवसायीको पहुँचभित्र बैंकिङ्ग सेवा छैन ।

शिक्षा( ग्रामीण क्षेत्रमा विद्यालय भवन पुगेका छन् तर शिक्षाको गुणस्तरीयता छैन । माध्यमिक तहमा व्यावसायिक शिक्षा र विज्ञान विषय पढ्न अझै शहर जानुपर्छ । उच्च शिक्षामा इञ्जिनियरिङ, भेटनरी, कृषि, डाक्टर, विज्ञान, म्याथ पढ्न ठूला शहरबाहेक विकल्प छैन ।

अवसर(

विकासोन्मुख देश भएकाले कोभिड–१९ को रोकथाम र स्वास्थ्य सेवा र जीवन रक्षाका लागि नेपालले विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसँघ, विश्व श्रम संगठन, विश्व बंैकजस्ता निकायबाट आवश्यक अनुदान तथा सस्तो ब्याजमा ऋण सहायतको अवसर प्राप्त गर्ने छ । स्वास्थ्य सेवा र मानव जीवनको रक्षाका लागि उपचार, खोप, खाद्य सुरक्षा र रोजगारीमा स्पष्ट नीति र कार्यक्रममार्फत देश र जनतकको भविष्य सुन्दर बनाउने अवसर यस संक्रमण रोकथामलाई सरकारले उपयोग गर्न सक्नुपर्दछ ।

कृषि व्यवसाय(  भौगोलिक विविधताले नेपाल स्वर्ण भूमि हो । तराईको तातो हावापानीदेखि उच्च हिमालसम्म हुने सबै किसिमका वनस्पति, खाद्यान्न, फलफूल र जडिबुटी व्यावसायिक रुपमा उत्पादन गर्न सकिन्छ । खेतीयोग्य जमिनमा सिंचाइको विस्तार गरी कृषिलाई व्यावसायिक रुपमा विस्तार गर्न सकिन्छ । विशेष कृषि नीति तथा कार्यक्रममार्फत सरकारले किसानलाई कृषि अनुदान, मल, बीउ, प्राविधिक र बजारको उचित व्यवस्थापन गर्नुपर्छ । नेपाल अर्गानिक खाद्यान्न, फलफूल, तरकारी, मासु तथा दूध उपादन गरी आत्मनिर्भरमात्र होइन, निर्यात गर्ने देश बन्नेछ । युवाहरु स्वरोगजार बन्ने छन् । यसपछि कोही गरिब भोकै बस्नुपर्ने छैन । विश्व श्रमबजारमा संकट आएको बेला आप्mनै भूमिमा रोजगार सिर्जना गरी विश्व बजारमा अर्गानिक खाद्यान्न निर्यात गर्ने अवसरको सदुपयोग गर्नुपर्दछ ।

स्वास्थ्य – राजधानी तथा शहर केन्द्रित स्वास्थ्य सेवालाई ग्रामीण समुदायसम्म पु¥याउने यो राम्रो अवसर हो । कोभिड–१९ को परीक्षण र उपचारका लागि हरेक जिल्ला सदरमुकाम आधारमूत प्रयोगशालासहितको कम्तीमा ५ बेडको सघन उपचार कक्षसहितको भेन्टिलेटर व्यवस्था गर्नुपर्छ । यस्ता अस्पतालमार्फत ग्रामीण समुदायमा निःशुल्क उपचार व्यवस्था गरिनुपर्छ । यस स्वास्थ्य संकटको अवस्थामा जनस्वास्थ्यमाथि खेलबाड गर्ने निजी स्वास्थ्य संस्था तथा व्यवसायीलाई कारबाही गरी सरकारीकरण गर्ने उपयुक्त अवसर हो ।

बैंकिङ्ग सेवा – लामो समयको लकडाउनबाट नियमित चेक बुकको प्रयोग गर्ने सेवाग्राहीलाई मर्का परेको छ । बैंकहरुका लागि ईबैंकिङ्ग सेवाको विस्तार र कार्डको प्रयोग व्यापक बनाउने उपयुक्त अवसर हो ।

शिक्षा(  कोभिड १९ को संक्रमणले विश्व लकडाउनमा छ । भूमण्डलीयकरण र इन्टरनेटले विश्व सीमारहित बनेको अवस्थामा लकडाउनले पुनः देशहरुको सीमा निर्धारण गराएको छ । लकडाउनबाट शिक्षण प्रक्रियालाई प्रभावित हुन नदिन अनलाइन शिक्षण सिकाइ प्रारम्भ भएको छ । नेपालको परिवेशमा इन्टरनेट सेवा महँगो र ग्रामीण क्षेत्रमा शिक्षण विधि कमजोर भएको कारण अहिल्यै यो विधि प्रभावकारी नहुन सक्छ । तर यस संक्रमणलाई उपयोग गर्दै गुणस्तरीय शिक्षा र विस्तारै अनलाइन शिक्षण विधि हरेक विद्यालयमा पु(याउने अवसरका रुपमा प्रारम्भ गर्न सकिन्छ ।

पर्यटन(  कोभिड–१९ ले विश्वका सबैभन्दा धेरै आयस्रोत भएका देश र त्यहाँका नागरिक बढी प्रभावित भएका छन् । विकासले बनाएको मेघा शहर, मेट्रो रेल, रेल सेवा र मानिसहरु प्रकृतिकभन्दा आधुनिकताको नाममा मेसिन तथा प्रविधिमा भर परेका देशका नागरिकमा यसको असर व्यापक देखिएको छ । नेपालजस्तो प्रकृति रुपमा सुन्दर र आधुनिकताको असरबाट अझै टाढा रहेकाले भोलिका दिनमा प्रकृतिमा रमाउने पर्यटक नेपाल आउने संभावना अझ धेरै रहन्छ । नेपालको प्राकृतिक वातवरण, अर्गानिक खाना र परम्परागत जीवनशैलीको पर्यटन र मुस्कानसहितको आत्मीयता पर्यटकका लागि आकर्षण हुनेछ । सहासिक खेल तथा सहासिक पर्यटन, प्रकृतिक पर्यटन, इको पर्यटन, सांस्कृतिक र धार्मिक पर्यटक व्यापक रुपमा भित्र्याई लाखौं युवालाई रोजगारी दिन सकिन्छ ।

व्यावसायिक सीप – विश्व श्रमबजार संकटमा छ । अदक्ष तथा दक्ष श्रमिकहरु विदेश तथा अन्तरिक रुपमा श्रम गरेर जीवन गुजार गरिरहेका छन् । विश्व श्रमबजारमा आएको समस्यासँगै श्रमिकहरु आ–आफ्ना घर फर्किरहेका÷फर्कर्दै छन् । यस ऊर्जाशील जनशक्तिलाई व्यावसायिक सीप प्रदान गरी सिर्जनशील अर्ध दक्ष÷दक्ष जनशक्ति बनाई देश विकासको हिंसा बनाउने उपयुक्त अवसर हो । युवा तथा वयस्कहरुको इच्छा, चाहना, क्षमताका आधारमा समुदाय तथा राष्ट्रका लागि चाहिने दक्ष श्रमिक जनशक्ति बनाउन पर्दछ । व्यावसायिक तथा आधुनिक एवं अर्गानिक कृषि, पशुपालन, जडिबुटी उत्पादन तथा प्रशोधन, पर्यटन प्लम्बिङ्ग, बाइरिङ्ग, कार्पेन्टर, डकर्मी र परमपरागत व्यवसायलाई व्यावसायिक ढंगबाट समुदायमा स्थापित गर्ने सीप हस्तान्तरण गरेर युवा तथा वयस्क जनशक्तिलाई सिर्जनशील श्रमशक्तिमा रुपान्तर गरी उत्पादनसँग जोड्ने राम्रो अवसर हो ।

जलस्रोतको उपयोग – प्राकृतिक रुपमा रहेको स्वच्छ पानीको स्रोतलाई मिनरल वाटरको रुपमा प्रशोधन गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सकिन्छ । जलस्रोतमार्फत विद्युत् उत्पादन गरी एलपी ग्यास, पेट्रोल डिजेललाई क्रमशः विस्तापित गरी बिजुली ऊर्जामार्फत आत्मनिर्भर हुने नीति अंगीकार गर्नुपर्छ । यसमार्फत प्रदूषणरहित देश बन्न योगदान दिनेछ । विद्युत उत्पादनलाई व्यापक बनाई छिमेकी देशहरुलाई बिक्री गरी आर्थिक विकासमा फड्को मार्न सक्नेछ ।

सीमा व्यवस्थापनः कोभिड–१९ संक्रमण फैलाउने सकसको रुपमा नेपाल भारत खुल्ला सीमा पनि एक बनेको छ । नेपाल भारतमा खुल्ला आवतजावतलाई निरन्तरता दिँदादिँदै पनि यसलाई अद्यावधिक गरी आधिकारिक रेकर्ड राख्ने व्यवस्थाका साथ सीमित स्थानबाट आवतजावतका लागि कूटनीतिक तहबाट द्विपक्षीय सम्झौता गर्ने यो महत्वपूर्ण अवसरको हुन सक्छ । यसले भोलिका दिनमा सिमानामा हुने गैरकानुनी घूसपेठ, आपराधिक क्रियाकलाप र भन्सार व्यवस्थापनमा कोशेढुंगा सावित हुनेछ ।

गाउँगाउँमा स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाले बसाइँ सराइ र युवा पलायनको समस्या हटेर जाने छ । स्वास्थ्य, शिक्षित र दक्ष जनशक्तिमार्फत जलस्रोतको अधिकतम उपयोग, पर्यटन पर्वद्धन, खेतीयोग्य जमिनको व्यावसायिक प्रयोगमार्फत अर्गानिक तरकारी, फलफूल, खाद्यान्न, दूध तथा मासु उत्पादनमा आधुनिक प्रविधिको प्रयोगबाट खाद्यान्नमा आत्मनिर्भरता देश बनाउन विशेष नीति तथा कर्यक्रम ल्याउनुपर्छ । उक्त कार्यक्रम यसै आर्थिक वर्षबाट पारदर्शी ढंगबाट लागू गरिनुपर्छ । भूगोलको आधारमा व्यवसाय र कृषि उत्पादनको पहिचान गरी स्थानीय युवा तथा वयस्कहरुलाई आर्थिक उत्पादनमा संलग्न गराई आर्थिक रुपान्तरण हिंसा बनाउनुपर्दछ । यसमार्फत देशले आर्थिक उन्नति गर्दै विकासोन्मुखबाट आत्मनिर्भर अर्थतन्त्रका साथ विकसित राष्ट्रमा रुपान्तरित हुनेछ । सबैका लागि रोजगारीमार्फत “कोही भोकै मर्दैन” भन्ने नाराले सार्थकता पाउने छ ।

 

लेखक मानवाधिकारकर्मी एवं सामाजिक अभियन्ता हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्